Senior Advocate Sita Ram KC Elected President of DLA Nepal

August 08, 2023

नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसन (डिएलए नेपाल) को ११औँ राष्ट्रिय महाधिवेशनबाट वरिष्ठ अधिवक्ता सीताराम केसी अध्यक्षमा निर्वाचित हुनुभएको छ । 

पूर्वी चितवनको रत्ननगरमा सम्पन्न भएकाे महाधिवेशनमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति धनराज गुरूङ, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र नेता शेखर कोइरालालगायतका नेताहरूले सम्बोधन गरेका थिए । 

महाधिवेशनमा देशभर ८८ इकाइका प्रजातान्त्रिक पक्षधर करिब १२ हजार कानुन व्यवसायीमध्येबाट छनौट भएका एक हजार चार सय प्रतिनिधिमध्ये एक हजार जनाभन्दा बढी प्रतिनिधी सहभागी भएका थिए। महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा वरिष्ठ अधिवक्ता जगन्नाथ ढकाल, महासचिवमा अधिवक्ता ज्ञानेन्द्र प्रसाद अधिकारी, महिला उपाध्यक्ष अधिवक्ता कविता थापा कार्की, सचिव अधिवक्ता शिव प्रसाद रेग्मी, महिला सचिव अधिवक्ता धन माया राना तथा कोषाध्यक्षमा हरि बहादुर बस्नेत निर्वाचित भएका छन् ।