लेख रचना उपलब्ध गराउने सूचना

September 15, 2023

नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशन (डिएलए नेपाल)ले नियमित रुपमा प्रकाशन गर्दै आइरहेको लिगल आईको विशेष अङ्क यस संस्थाको स्थापना दिवसको अवसर (२०८० मंसिर ५) मा प्रकाशन गर्ने निर्णय भएको छ । उक्त विशेषांकमा लेख-रचना प्रकाशन गर्न इच्छुक कानून व्यवसायी, कानुनका प्राध्यापक तथा कानुनका क्षेत्रमा काम गरिरहेका विज्ञहरुले संवैधानिक विषय, कानुन, कानुनी अभ्यास, कानुनी सिद्धान्त तथा व्यवहारसँग सम्बन्धित अनुसन्धानमूलक र गहन खोजपूर्ण लेख-रचना मिति २०८० साल असोज ३० गतेभित्र प्रीति (Preeti) फन्टमा निम्न लिखित इ–मेल ठेगानामा पठाई सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ ।

इमेलः  dlainnepal@gmail.com | info@dlanepal.org.np


लिगल आई प्रकाशन समिति
नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशन
केन्द्रीय कार्यालय, थापाथली, काठमाडौं